Skip to content
Prabhu

कम्युनिष्ट एकताको पहल थालेका छौंः प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’

अर्घाखाँची सिमेन्ट
Hyundai

 

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए । 

आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र)ले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्