Skip to content

छ महिनाभित्र सुक्खा बन्दरगाहको काम अगाडि बढ्ने

nabil bank

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको काम अघि बढ्ने बताएका छन् । 

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्यागिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रमुख सचेतक लेखकले भारतको सहयोगमा निर्माण गरिने सुक्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन  बनिसकेको बताए।

“छ महिनाभित्र सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्नेमा विश्वस्त छु,” उनले भने “आज नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीजीले नै गत वर्ष यही महोत्सवमा आएर पनि भनेर जानुभएको हो ।” उनले आज राजनीतिक परिर्वतन भएको बताउँदै नयाँ बनिरहेको गठबन्धनका बारेमा कुनै टिप्पणी गरेनन् । “प्रचण्डजीले अप्रत्याशित र अविश्वनीय ढङ्गले पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन अघि बढ्नुभएको छ,” उनले भने, “अब विकासमा राजनीति गर्नुहुँदैन, सबै मिलेर विकास गरौँ, हामी सहयोग गर्छौं ।”

कञ्चनपुर सम्भावना बोकेको जिल्ला भएको बताउँदै उनले ठूला अर्थतन्त्र भएको मुलुक चीन र भारतसित यहाँबाट ढोका खोल्नुपर्ने बताए । “यो रणनीतिक महत्वको भूगोल पनि हो,” नेता लेखकले भने, “यो क्षेत्रलाई आर्थिक, पर्यटकीय र धार्मिक नाकाका रुपमा विकास गर्न सबै लाग्नुपर्छ ।” यहाँको पूर्वाधार विकास, ठूला योजनाको निर्माणमा वाणिज्य सङ्घले रचनात्मक दबाब र उत्प्रेरणा दिँदै आएको बताए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi