Skip to content

मस्कलाई उछिन्दै फेरि बेजोस बने सबैभन्दा धनी, कति छ कूल नेटवर्थ ?

nabil bank

एजेन्सी । केही समयको अन्तरालपछि धनाढ्यको सूचीमा एलन मस्कलाई जेफ बेजोसले उछिनेका छन् । ब्लुमबर्ग बिलेनियर्सका अनुसार अमेजनका संस्थापक बेजोस २०० बिलियन डलरसहित  शीर्ष स्थानमा छन् भने उनलाई पछ्याइरहेका एलन मस्कसँग उनीभन्दा २ बिलियन डलर कम अर्थात् १९८ बिलियन डलर मात्रै छ । बेजोसको कूल नेटवर्थ ५०० मिलियन डलरले बढ्दा मस्कको कुल नेटवर्थ १७.६ बिलियनले घटेपछि उनी दोस्रो स्थानमा आएका हुन् । 

तेस्रो स्थानमा रहेका बनार्ड अर्नउल्टको सम्पत्ति १९८ बिलियन डलर छ भने चौथो नम्बरका धनाढ्य मार्क जुकरबर्गको सम्पत्ति १७९ बिलियन डलर छ ।  साथै पाँचौ नम्बरमा बिल गेट्सको सम्पत्ति १५० बिलियन डलर, छैटौँ स्थानका स्टेभ बालमरको १४३ बिलियन डलर, सातौ स्थानका वारेन बफेटको १३३ बिलियन डलर, आठौ स्थानका ल्यारी इलेसनको १२९ बिलियन डलर, नवौ स्थानका ल्यारी पेजको १२२ बिलियन डलर र १० स्थानका सजेरी ब्रिनको कुल नेटवर्थ ११६ बिलियन डलर रहेको छ । 

एसियाका धनाढ्य मुकेश अम्बानी यो सूचीमा ११औँ  स्थानमा छन् । उनको कुल नेटवर्थ ११५ बिलियन डलर छ भने अर्का भारतीय धनाढ्य गौतम अडानी यो सूचीमा १२औ स्थानमा छन् । उनको कुल नेटवर्थ १०४ बिलियन डलर छ । 

  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime