Skip to content
Prabhu

पर्यटक ल्याउन सरकारलाई कर तिरेर ४० व्यवसायी बर्लिनमा, सरकारी सहभागिता शुन्य

आशीष ज्ञवाली 

बर्लिन(जर्मनी) ।  नेपालसँगै छ माल्दिब्स र श्रीलंकाको स्टल । त्यो भन्दा अर्को तर्फ भारतका विभिन्न राज्यका स्टल छन् । 

छिमेकीका देशका स्टलहरुमा सरकारी निकायको सहभागितामा पर्यटन प्रवद्र्धन गरेको देखिन्छ । तर,नेपालबाट भने व्यवसायीहरु विश्वको ठूलो मानिने आइटिबी बर्लिन २०२४ मा पर्यटन प्रवद्र्धन गर्न जर्मनीको राजधानी बर्लिन आइपुगेका छन् । 

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल सरकारी निकाय नआउन भएपछि नेपाल चिनाउन सकिने मेलालाई उपभोग गर्न व्यवसायीहरु जर्मनी आएको बताउँछन् । 

विगतमा पर्यटन बोर्डको नेतृत्वमा विश्वमा हुने यस्ता मेलाहरुमा सहभागिता हुने भएपनि पछिल्लो समय पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत(सीईओ) नहुनु तथा तथा विभागिय मन्त्रालयको उदासिनताले प्रर्यटन प्रवद्र्धनका कार्यक्रममा सरकारी निकायको सहभागिता हुन छाडेको हो । 

पाटा नेपाल च्याप्टरका सीईओ बडाल गतवर्ष वल्र्ड ट्राभल मार्टमामा प्यालेस्टाइनको सहभागिता रहेको बेला नेपालमो नरहेको दृष्य आफूहरुले देखेको भन्दै सरकारी सहभागितामा हुने कार्यक्रमले पर्यटक भित्राउन सहयोगी भूमिका खेल्ने बताउँछन् । 

नेपालको सँगै स्टल रहेका दक्षिण एशियाली मुलुकहरुमा कार्यक्रममा उनीहरुको प्रस्तुती सांस्कृतिक गतिविधि देखाउने खालको छ । 

पर्यटन व्यवसायी समेत रहेका नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईँ विश्वमा हुने मेलाहरुमा पर्यटन बोर्डको सहभागिता हुन छाडेपछि संस्थाको औचित्य माथि नै प्रश्न उठेको बताउँछन् । 

‘सार्वजनिक निजी साझेदारी(पीपीपी)को योजनामा बनाइएको बोर्डले देशको प्रचार गर्ने काम गर्न नसकेको देखियो, बजगाईँले भने,‘पर्यटक भित्रिएमा कर मात्र लिने प्रचार नगर्ने नीति सरकारी निकायको देखियो।’

पाटा नेपाल च्याप्टरका सीईओ बडाल आइटिबीमा आउनको लागि व्यवसायीले कर उल्टो सरकारलाई कर तिर्नु परेको बताउँछन् । 

‘विगतमा सरकारको सहभागितामा निजी क्षेत्रका व्यवसायीहरु आफ्नो खर्चमा यस्ता मेलामा सहभागी हुने गरेका थिए,’बडालले भने,‘यो पटक सरकारको सहभागिता छैन,हामीहरु उल्टो कर तिरेर आउनु परेको छ।’

यो पटक नेपालबाट बुद्ध एयर,ह्याम्स हस्पिटल,सोल्टी होटल सहित ४० जना पर्यटन क्षेत्रका व्यवसायीहरु सहभागी छन् । 

पहिलो पटक आइटिबीमा आएका ट्राभल टुरिजमको व्यवसाय गर्ने सुरज लामिछाने सरकारी निकायको सहभागिता हुँदा उच्च स्तरिय छलफलमा सहभागिता हुन सकिने मेलाको उपभोग गर्नुपर्ने बताउँछन् । 

यस्तै अर्का व्यवसायी दिपक मरासिनी सरकारी निकायको सहभागी नभएपनि निजी क्षेत्रको पहलमा पर्यटन प्रवद्र्धनको कामहरु भइरहेको बताउँछन् । 

४० वर्षदेखि बर्लिनमा व्यवसाय गर्दै आएका दिल गुरुङ नेपाललाई चिनाउने अवसरलाई सरकारले ख्याल नगरेको बताउँछन् । 

‘आइटिबीमा विश्वभरका पर्यटन क्षेत्रसँग सरोकार राख्नेहरु आएका छन्, यस्ता ठाउँमा आएर आफ्नो देशका घुम्ने ठाउँहरुको बारेमा प्रचार गरेपछि पर्यटक आउने हो,’ गुरुङले भने । 

१० वर्षदेखि बर्लिनमा रहेका आशिष कोइराला सरकारी निकायले कसरी पर्यटक भित्राउने भन्ने नसोचेको बताउँछन् । ‘अहिलेको आइटिबीमा हेर्नुभयो भने सरकारी निकायको नेतृत्वमा निजी क्षेत्रका कम्पनीहरु प्रचारको लागि आएका छन्,नेपालबाट निजी कम्पनीले आफ्नो तर्फबाट सक्ने काम गरेका छन्,’कोइरालाले भने । 

मंगलबारदेखि जर्मनीको राजधानी बर्लिनमा आइटिबी बर्लिन २०२४ शुरु भएको छ ।  

पर्यटन व्यवसायको महत्वपूर्ण मानिएको आइटिबी बर्लिन शुरु भएको छ । 

विश्वभरका पर्यटनसँग सरोकार राख्नेहरु यतीबेला बर्लिनमा भेला भएका छन् । 

मंगलबारदेखि औपचारिक रुपमा शुरु भएको भेला बिहीबारसम्म चल्ने छ । यसपटकको मेलामा एआई देखि पछिल्लो समय पर्यटन गतिविधिमा भएका परिवर्तनको बारेमा विभिन्न खाले सेसन मेलामा हुने छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal