Skip to content
Prabhu

को बन्ला अबको अर्थमन्त्री ?

काठमाडौँ । सत्तागठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालय आफू मातहत ल्याएका छन् ।  उनले नयाँ मन्त्रिमण्डलका लागि तीन जना नयाँ मन्त्रीका लागि सिफारिस गर्दै सपथ पनि गराएका छन् ।

जसमा नेकपा एमालेका पदम गिरी, माओवादी केन्द्रका हितमान तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल छन् । तर उनीहरुलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले दिएका छैनन भने सबै मन्त्रालय तत्कालका लागि आफैले राखेका छन् ।

स्रोतका अनुसार यसअघि माओवादीबाट उपप्रधानमन्त्री बनेका नारायणकाजी श्रेष्ठको ठाउँमा वर्षमान पुनले लिनेछन् । यद्यपि उनलाई अर्थमन्त्रालयको जिम्मेवारी दिइने छैन । पूर्वअर्थमन्त्री समेत रहेका पुनलाई यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । गृहमन्त्रालय भने एमाले वा रास्वपामध्ये एकले लिने र माओवादीले दाबी नगर्ने भनिसकेकाले एमाले र रास्वपाबीच नै सहमतिका आधारमा टुंगाले लाग्नेछ ।

साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण नजिकिएकाले अर्थमन्त्रालयको जिम्मेवारी कस्ले पाउँछ भन्नेमा पनि आकलन गर्न थालिएको छ । स्रोतका अनुसार अर्थमन्त्रालयको जिम्मेवारी एमालेकै विष्णु पौडेलले पाउने छन् । यद्यपि यसबारे अझै आधिकारिक निर्णय भने भइसकेको छैन ।

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रवेश भइसकेको अवस्थामा  कसरी अगाडि बढ्छ भन्ने पनि अन्योल बढेको छ । अब नयाँ मन्त्री आइसकेपछि बजेटका सिद्धान्तर प्राथमिकता पनि नयाँ बन्ने छ वा त्यसैलाई अगाडि बढाइने छ त्यसमा संसय थपिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal