Skip to content

नेपाली उत्पादन निर्यातमा सघाउन व्यवसायीको आग्रह

nabil bank

भैरहवा । नेपाली उत्पादन भारत निर्यात गर्न सघाउन नेपाली व्यवसायीले आग्रह गरेका छन् । भारतले विभिन्न कारण देखाएर नेपाली उत्पादन निर्यातमा बाधा पु¥याएका कारण व्यवसायीले सो आग्रह गरेका हुन् । 

भैरहवामा आज आयोजित ‘नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन’का वक्ताले नेपाली वस्तुको निर्यातमा भारतले गर्दै आएको अवरोधबारे चर्चा गरेका थिए । नेपाल उद्योग परिसङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले भने, ‘पहिला साबुन निर्यातमा अवरोध गरेजस्तै भारतले अहिले सिमेन्टमा पनि अवरोध गरिरहेको छ ।’ 

नेपाली वस्तु निर्यातमा भारतले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । नेपालबाट निर्यात हुने जडीबुटी, सिमेन्टलगायत वस्तुमा भारतले गुणस्तरको कुरा उठाउँदै अवरोध गरिरहेको अध्यक्ष आलमले उल्लेख गरे । 

सम्मेलनमा व्यवसायीले सीमामा दुवैतर्फका भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट अनाहकमा दुःख पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘यसलाई दुवै देशका व्यापारी मिलेर समाधान गर्नुपर्छ ।’ 

उनले भारतको लखनउमा मात्र क्वारेन्टाइन कार्यालय रहेका कारण समेत अप्ठ्यारो परेकाले सुनौलीमै सो कार्यालय स्थापनाको पहल गरिदिन आग्रह गरे । निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेलको सुविधा प्रदान गर्न अध्यक्ष शर्माले भारतीय पक्षसँग आग्रह गरे । 

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जिभसिंह पुरीले नेपाली वस्तुको गुणस्तरमा ध्यानदिन व्यवसायीलाई आग्रह गरे । पिएचडी चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज, भारतको आयोजना, उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशको समन्वयमा सम्पन्न उक्त सम्मेलनमा नेपाल र भारतका विभिन्न उद्योगी व्यापारी सङ्गठनका प्रतिनिधि सहभागी थिए ।  

सम्मेलनमा यहाँस्थित भारतीय दूतावासका उपप्रमुख प्रशन्न श्रीवास्तव, नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपककुमार डे, पूर्व प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोख्रेललगायतले दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारले महत्वपूर्ण भूमिका खेल्दै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime