Skip to content

शिक्षामन्त्री श्रेष्ठद्वारा पदबहाली : विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधनको पहल गर्ने

nabil bank

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको प्रक्रिया अघि बढाउने बताएकी छन् । 

   

सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरुपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको प्रारम्भिक काम गर्न निर्देशन दिइन् । सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले युवाहरु उच्च शिक्षाका लागि किन विदेश जान्छन् भन्ने विषयमा सर्वेक्षण गरी नीतिगत निर्णय लिने, शिक्षामा सुधार गर्न तथा अन्य सवालमा मन्त्रालयका अधिकारीसँग छलफल गरी  प्राथमिकताका विषय तय गर्ने जानकारी दिइन् । 

      मन्त्री श्रेष्ठले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रदेशमा छलफलमा लैजाने समितिको निर्णयलाई सहजीकरण गर्ने उल्लेख गर्दै शिक्षाजस्तो पवित्रस्थलमा काम गर्ने अवसरका लागि भाग्यशाली रहेको बताइन् । उनलाई मन्त्रालयका सचिवद्वय सुरेश अधिकारी र प्रमिलादेवी बज्राचार्यले स्वागत गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime