Skip to content
Prabhu

माओवादीका ५ मन्त्रीको नाम टुंगियोः अर्थमा वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने ५ मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् । वर्षमान पुन अर्थमन्त्री बन्ने छन् भने नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्ने छन् ।

शक्तिबहादुर बस्नेत, रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन् । उनीहरुको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय टुंगो लागेको छैन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal