Skip to content
Prabhu

विराटनगरका उद्योगी भारतबाट मालबाहक रेल नफर्किएपछि निराश

 

काठमाडौं ।  गत जेठ १८ गते  विराटनगर आएर भारत गएको रेल नफर्किएपछि  स्थानीय व्यापारी निराश भएका छन् ।   नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एकपटक विराटनगर आइपुगेको कार्गो रेल सेवा पुनः फर्किएन । 

 भारतको बथनाहादेखि गत जेठ १८ गते विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी)मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो । 

भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् । आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि नफर्किएपछि उद्योगीमा निराशा छाएको हो । 

 उद्योगी पवन सारडाले सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ । 

नेपालले भारतसँग गरेको रुट सम्झौताबमोजिम सीमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन् ।  रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal