काठमाडौं । आइसीएफसी फाइनान्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाएको छ । फाइनान्सले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई (पुस २९) गतेदेखि ६.५ प्रतिशत नगद लाभांश आइपीएसमार्फत जम्मा गर्न सुरु गरेको जनाएको छ ।
उक्त कम्पनीको पुस २९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्