Skip to content
Prabhu

कोटेश्वरमा देउवा र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल भेट्न  उनकै निवास कोटेश्वर पुगेका छन् । देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न आरजु राणा देउवा र कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई लिएर कोटेश्वर  पुगेका हुन् ।

नेपाल निवास कोटेश्वरमा  मंगलबार बेलुका  प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए। त्यसलगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछाने पनि पुगेको स्रोतले जानकारी दियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले कांग्रेस मन्त्रीहरुलाई बर्खास्त गर्दै नयाँ सरकारको तयारी थालेपछि अहिले राजनीतिक दलहरु भिन्नाभिन्नै छलफलमा जुटेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal