Skip to content
Prabhu

पाउण्ड स्ट्रलिङको भाउ बढ्यो, आज कतिमा हुँदैछ अन्य विदेशी मुद्राको कारोबार ?

nabil

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा कायम भएको छ ।

               बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५० रुपैयाँ ०५ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४५ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९६ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६ रुपैयाँ ९९ पैसा कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०७  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा कायम छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal