Skip to content

आज सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राख्न सफल भएको छ। आज सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi