काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई विद्युत नियमन आयोगको मंगलबार बसेको २२५ औं बैठकले हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद सयर निष्कासन गर्न अनुमति दिएको हो।
उक्त कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ।
गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले सो अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।












प्रतिक्रिया दिनुहोस्