Skip to content
Prabhu

गरिमा विकास बैंक र खल्तीबीच डिजिटल रूपान्तरणका लागि सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र डिजिटल वालेट खल्तीबीच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् ।

 यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिद सँगै  बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् ।  

बैंक बाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal