काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने होण्डाका दुईपाङ्ग्रे सवारीको एसेम्बल अब नेपालमै हुने भएको छ । होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस प्रेसिडेन्ट मिनारो काटोले भैरहवामा होण्डाको एसेम्बल प्लान्टको उद्घाटन गरेका हुन् ।
उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो । १ अर्ब ५० करोडको लगानीमा २ लाख स्क्वायर फिटको क्षेत्रफलमा रहेको प्लान्टले एक लाखवटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ।
विगत ५५ वर्षभन्दा बढी समयदेखि आफ्ना ग्राहकवर्गको विश्वास जित्दै आएको होण्डा उत्पादनको गुणस्तरमा सधैं प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा सदैव दृढ रहँदै, दुईपाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्राण्ड रहेको छ ।
होण्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिका अनुसार नवस्थापित एसेम्बल प्लान्टसँगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रालिमार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्