Skip to content
Prabhu

कुमारी बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकको ५ लाख २५ हजार कित्ता सेयर बिक्री खुला भएको छ । कुमारी बैंकले एक जना सेयरधनीको नाममा रहेको ८ सय ६२ कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त बैंकले सेयरधनी खडगबहादुर थापा मगरको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने छन् । सेयर खरिद गर्न इच्छुकहरुले सूचना प्रकाशन भएको मिति आज बिहीबार (फागुन २४ गते)बाट ३५ दिनभित्र आवश्यक कागजातसहित कुमारी क्यापिटल लिमिटेड नक्साल आइपुग्ने गरी आवेदन दिनुपर्ने जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal