Skip to content
Prabhu

सामसङको ‘इन्स्टा फाइनान्स’ अब झन् सहज

काठमाडौं । इन्स्टा फाइनान्समार्फत सामसङ ग्यालेक्सी फोन खरिद गर्न थप सहज भएको छ।  अब कागजी प्रक्रियाको झन्झट नझेली आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याएर सामसङका स्मार्टफोनहरू खरिद गर्न सकिने भएको हो।

यसअघि पनि सामसङ नेपालले ग्राहकहरूलाई शून्य प्रतिशत ब्याज इएमआइमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सुविधा दिएको थियो। यो सुविधाको लाभ लिनको लागि आवश्यकता, ग्राहकहरूले मात्र आफ्नो र आफ्नो ग्यारेन्टरको नागरिकता ल्याउनुपर्ने घोषणा गर्दै यो सेवालाई झन् झन्झटमुक्त बनाएको सामसङले बताएको छ।

पहिले पनि इन्स्टा फाइनान्सको प्रक्रिया झन्झट रहित नै रहेको तर सो प्रक्रियाको लागि अरू पनि थप कागजातहरूको आवश्यकता पर्ने गरेको कम्पनीले बताएको छ।

अब भने ग्राहकहरू आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरू बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै कुनै पनि २० हजार रुपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको इएमआईमा प्राप्त गर्न सक्नेछन्।

इन्स्टा फाइनान्सको साथ साथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजका लिन सक्नेछन्। यो अफर अर्को स्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत् उपलब्ध गराइएको छ। 

यस सेवामार्फत् ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्यांकनमा थप पाँच हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एस्चेन्ज गर्दा तीन हजार रुपैयाँ बोनस पाउनेछन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal