Skip to content
Prabhu

अमेरिकी डलरको भाउ घट्दा यूरो र पाउण्डको बढ्यो, अन्य विदेशी मुद्राको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

               बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५० रुपैयाँ ०१ पैसा छ ।

               अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७७ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०४ पैसा कायम छ ।

              जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा कायम छ ।

               त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ २६पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३ रुपैयाँ ७२ पैसा कायम  छ । 

              यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र बिक्रीदर ३६ रुपैयाँ १६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ०७ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा कायम छ । 

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३७ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९० पैसा र बिक्रीदर १६ रुपैयाँ ९८ पैसा कायम छ । कुवेती दिनारको एकको खरिदलर ४२९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ६८  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ३५ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal