Skip to content
Prabhu

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ५५ हजार ५२१ जना आवेदकले पाए

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आइपीओ शुक्रबार फागुन २५ गते बाँडफाँट भएको छ । पहिलोपटक बुक विलडिङ विधिमार्फत जारी भएको आईपीओमा गोलाप्रथामार्फत ५५ हजार ५ सय २१ जनाले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१÷५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । 

उक्त कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ जारी गरेको थियो । जसमा तोकिएको अन्तिम दिनसम्म ९ लाख ६० हजार ३ सय १ जना कम्पनीको आईपीओका लागि आवेदन दिएका थिए ।

 कुल आवेदकमध्ये १ हजार ३ सय ४२ जनाको आवेदन रद्द भएको छ । कुल आवेदनको संख्याबाट आईपीओ पाउनको संख्या घटाउँदा ९ लाख ४ हजार ७८० जनाको हात खाली हुन पुगेको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal