Skip to content
Prabhu

प्रधानमन्त्रीको नयाँ सहिद थप्ने नीति, राज्यलाई थपियो २ अर्ब ६७ करोडको दायित्व

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहिद थप्ने नीतिले सरकारलाई राज्यकोषलाई २ अर्ब ६७ करोड रुपैयाँको आर्थिक भार थपिएको छ । 

यसअघि अर्थमन्त्री डा प्रकाशरण महतसँग प्रधानमन्त्रीको नयाँ घोषणा भएका सहिदलाई पैसा दिन स्रोत नभएको भन्दै विवाद रहेको थियो । 

मन्त्रिपरिषद्ले २६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित भएको छ । जस अनुसार एकजना सहिदको परिवारलाई १० लाख रुपैयाँ सरकारले उपलब्ध गराउने छ । जस अनुसार राज्यकोषबाट २ अर्ब ६७ करोड ४० लाख रुपैयाँ खर्च हुने । 

राजस्व नउठेको र चालु खर्च घटाउनुपर्ने समयमा नयाँ सहिद थप्न नहुँने र रकम निकासा गर्न कठिन हुने भन्दै तत्कालिन अर्थमन्त्री महत त्यसमा सहमत देखिएका थिएनन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच चालु खर्चका विषयमा विवाद रहेको थियो । जुन विवाद बढ्दै गएपछि  प्रधानमन्त्री प्रचण्डले सरकारमा सहयात्री फेर्ने निर्णय गरे । जसले गर्दा सरकारको साझेदार रहेको कांग्रेस प्रतिपक्षी भयो भने प्रतिपक्षीमा रहेको एमाले सरकारको साझेदार बन्यो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal