Skip to content
Prabhu

चीनमा उपभोक्ताको मूल्य ६ महिनामा पहिलो पटक फेब्रुअरीमा महिना ०.७ प्रतिशतले बढ्यो

बेजिङ । अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो।

ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०।३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । सन् २०२१ पछि पहिलोपटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आएपनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।

परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा  उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal