Skip to content
Prabhu

शाओमीको इन्ट्री लेभल रेड्मी एथ्री स्मार्टफोन नेपालमा, मूल्य कति ?

काठमाडौं । शाओमीले नेपालमा रेड्मी एथ्री लन्च गरेको छ । इन्ट्री लेभल रेड्मी एथ्री लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको दाबी गरेको छ ।

रेड्मी एथ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअपसहित कर्निङ गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ ।

१० वाट फास्ट चार्जिङ र ५ हजार एमएच ब्याट्रीको साथ रेड्मी एथ्रीलाई यूएसबी टाइप सीमा चार्ज गर्न सकिनेछ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी एथ्रीमा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरू उपलब्ध रहेको बताए । रेड्मी एथ्री स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बिनेसन रहेको उनको दाबी छ ।

रेड्मी एथ्रीमा ६.७१ इन्चको एचडी प्लस डिस्प्ले छ । फोनमा मिडियाटेक हेलियो जी ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी एथ्रीले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जीबी र्याम र १२८ जीबी स्टोरेजको साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेजको मजा लिन सक्ने बताइएको छ ।

एथ्री ओलिभ ग्रिन, मिडनाइट ब्ल्याक र लेक ब्लु रङमा उपलब्ध छ । फोन ३ जीबी + ६४ जीबी र ४ जीबी + १२८ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । यी भेरियन्टको मूल्य क्रमशः १२ हजार र १३ हजार रुपैयाँ कायम गरिएको छ ।

३ जीबी + ६४ जीबी र ४ जस्बी + १२८ जीबीको मूल्य क्रमशः ११ हजार ९ सय ९९ रुपैयाँ र १२ हजार ९ सय ९९  रुपैयाँ पर्नेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal