Skip to content

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ

nabil bank

काठमाडौं ।  महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।

आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए । 

उनका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, ‘घ’ वर्गका ४०, ‘ङ’ वर्गका ४५, ‘च’ वर्गका ८२, ‘छ’ वर्गका एक सय ४३, ‘ज’ वर्गका दुई सय ५२, ‘झ’ वर्गका तीन सय ५७, ‘ञ’ वर्गका दुई सय ५५, ‘ट’ वर्गका आठ सय २२ तथा अन्य मगन्तनारायण एक हजार दुई सय ३२ गरी कूल तीन हजार दुई सय ८९ साधुसन्त महाशिवरात्रिमा पशुपतिनाथमा आएका थिए ।

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोषले स्वदेश तथा विदेशबाट आएका साधुसन्त बाबालाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदाइ गरेको हो । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।  

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरुलाई दक्षिणा दिने प्रचलन रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गुठी संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि रहेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime