काठमाडौं । पशु चिकित्सकको १९ औं लाइसेन्सिङ परीक्षामा १ सय ६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको उक्त परीक्षामा २ सय १२ जनामध्ये १ सय ६८ जना उत्तीर्ण भएका हुन् ।
१९ औं लाइसेन्सिङ परीक्षा दिएका जम्मा ५३ जिल्लाका २ सय १२ जना परीक्षार्थीमध्ये ४९ जिल्लाका १ सय ६८ जना उत्तीर्ण भएको पशु चिकित्सा परिषद्ले जनाएको छ ।
देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।
प्रतिक्रिया दिनुहोस्