Skip to content

दुलेगौडादेखि रामबाछा जोडिने सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण

गण्डकी । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख  रुपैयाँ रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय ८५ मिटर बाटोका लागि  १० लाख  रुपैयाँ छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो सोमबार गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेका थिए।

सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।

दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्साङ्कनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ । कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life