Skip to content

मन्त्रिपरिषद् बैठकः तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय

nabil bank

काठमाडौं । सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा  डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहेको थियो । 

त्यसैगरी सरकारले मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शर्माले भने, “राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरु सहमत भएका छन्, सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रियसभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको छ ।’  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi