Skip to content
Prabhu

कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यकः मुख्यमन्त्री शर्मा

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताएका छन् । 

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को आज समापन कार्यक्रममा मुख्यमन्त्री शर्माले औद्योगिक क्षेत्रको विकासबिना कर्णालीमा आर्थिक समृद्धि हुन नसक्ने बताए । उनले तेस्रो कर्णाली एक्स्पोले यहाँको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताए ।

‘कर्णालीमा विकासका लागि सहकार्य आवश्यक छ,’ मुख्यमन्त्री शर्माले भने । “हामी सबै सरोकारवालाको सहकार्यमा मात्र कर्णाली माथि उठ्छ । यसका लागि सबैमा सामूहिक भावना र सकारात्मक सोच आवश्यक छ ।’ 

ठूला खालका प्रदर्शनी गर्न सक्ने गरी कर्णाली सरकारले संरचना तयार गर्ने कार्यलाई पनि अगाडि बढाउने उहाँको भनाइ थियो । यही फागुन १५ गतेदेखि सञ्चालन भएको सो एक्स्पोमा ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal