Skip to content

सहकारीका ऋणीलाई साँवा र ब्याज समयमै भुक्तानी गर्न ललितपुर महानगरको आग्रह

nabil bank

काठमाडौँ । ललितपुर महानगरपालिकाले सहकारीबाट कर्जा लिएका ऋणीलाई साँवा र ब्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ । आज एक सूचना  जारी गर्दै महानगरपालिकाको नगर कार्यपालिकको कार्यालयले सहकारी संस्थाका ऋणी सदस्यलाई उनीहरुले लिएको ऋण रकम चुक्ता गर्न आग्रह गरेको हो । 

ऋणीहरुले ऋण चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै ऋण तिर्न आग्रह गरेको हो । 

महानगरले ऋण फिर्ता नगरे सहकारी ऐन २०७५ को दफा ६२ बमाजिम ऋणी सदस्यहरुको खाता जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था समेत रहेको उल्लृख गर्दै प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका  एवम् मापदण्डको बर्खिपाल नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमै भुक्तानी गर्न अनुरोध गरेको हो । 


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime