काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला १ हजार रुपैयोँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्