धनुषा । धनुषामा सशस्त्र प्रहरीले सात लाख रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।
भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले जानकारी दिएका छन् ।
प्रहरीले कपडासँगै ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएको कपडा र
मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्