Skip to content
Prabhu

रसुवाका स्वास्थ्य संस्थामा अनलाइन सेवा विस्तार

अर्घाखाँची सिमेन्ट
Hyundai

रसुवा । नियमित सेवा प्रवाहअन्तर्गत उत्तरी रसुवाको स्वास्थ्यचौकीहरूमा अनलाइन सेवा सञ्चालन गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने सबै सेवाग्राहीको अभिलेख कम्प्युटरमा राख्ने र प्रमाणस्वरूप कम्युटरकै प्रिन्ट दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा नुर्पु तामाङले जानकारी दिए।  

उनका अनुसार गोल्जुङ्, थाम्बुचेत, गतलाङ्, ठूलोहाकुको स्वास्थ्यचौकी र ग्रे गाउँ तथा हाकुको पाङलिङका स्वास्थ्य इकाइ केन्द्रले कम्युटरमार्फत अनलाइन सेवा सुरू गरिसकेका छन् । जिल्ला अस्पताल धुन्चेले अनलाइन सेवा गत वर्षदेखि सुरु गरिसकेको छ । जिल्लाभरमा स्वास्थ्य संस्थामा क्रमशः लागू गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कम्प्युटरमा विवरण राख्दा आवश्यकता र्दा खोज्न सहज हुनुका साथै कुन बेलामा के उपचार गरियो, कुन औषधीको प्रयोग तथा खपतको अवस्थालगायत कुरा बुझ्न चिकित्सकलाई  सहज हुने बताइएको छ ।  

जिल्लाभरका स्वास्थ्य केन्द्रहरूमा सबै विवरण कम्युटरमा राख्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको स्वास्थ्य प्रमुख भीमसागर गुरागाइँले जानकारी दिए । जिल्ला अस्पाताल धुन्चेले अनलाइन सेवा सहित अस्पताललाई थप व्यवस्थित र मर्यादित बनाउँदै लगिएको जनाएको छ । 

      

अस्पताल सुदृढीकरण कार्यक्रन्तर्गत इमर्जेन्सी ९सघन उपचार कक्ष० व्यवस्थापन, अन्तरङ्ग कक्षको शय्या विस्तार, नयाँमा रूपान्तरण, शल्यक्रिया कक्षको निर्माणलगायत पूर्वाधार तयार भइसकेको रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट  डा अमितकुमार शाहले बताए। सकभर बिरामीलाई बाहिर नपठाउने गरी गाउँका बिरामी छिटोछरितो अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्