Skip to content

भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत

nabil bank

पर्वत । लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।

 फलेवासका किसानको अवस्था भने अलि पृथक छ । फलेवास नगरपालिका–६ को देवीस्थान र चौबिसकुरियामा निर्माण गरिएका दुईवटा भूमिगत सिँचाइ आयोजनाबाट स्थानीयले खेतबारी सिँचाइ गर्न थालेका हुन् । तीस–तीस लाखको लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले दुईवटा आयोजना निर्माण गरेको हो । 

जमिनमुनिको पानी तानेपछि अहिले हिउँदे बालीमा सिँचाइ गर्न सहज भएको स्थानीय किसान रमेश चापागाईंले जानकारी दिए । चौबिसकुरियामा निर्माण भएको भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरका दरले पानी निस्किएको छ भने देवीस्थान भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको उनले बताए। 

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका प्राविधिक लोकबहादुर खड्काका अनुसार दुवै आयोजनाबाट २० हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । दुवै आयोजनाबाट प्रतिघण्टा तीन रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।

स्थानीय किसानले पालैपालो जमिन सिँचाइ गर्ने गरेका छन् । गहुँ, आलुमा सिँचाइ गरिसके स्थानीयले अब खेतमा मकै छर्न सिँचाइ गरिरहेको सिकन रमेश चापागाईँले जानकारी दिए।

भूमिगत सिँचाइ आयोजना निर्माणपछि हिउँदका तीन महिना बाँझै रहने खेतबारीमा अहिले बाह्रैमास खेती लगाउन सहज भएको छ । आयोजना सञ्चालनपछि स्थानीयले गहुँ, जौं, तोरी, आलुलगायतमा सिँचाइ गरिसकेका छन् भने अब मकै छर्ने तयारी गरेका छन् । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi