Skip to content

मिटरब्याजीको ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो

nabil bank

जलेश्वर । महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी ११ करोड १५ लाख रुपैयाँ बढीको मिलापत्र गराइएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले दिएको जानकारीअनुसार महोत्तरीका विभिन्न ठाउँबाट आएको अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी विवादमा ११ करोड १५ लाख ३८ हजार चार सय ९२ रुपैयाँको मिलापत्र गराइएको हो । 

उनका अनुसार जिल्लामा कूल दुई हजार आठ सय ३० मिटरब्याजसम्बन्धी निवेदन आएकामा ऋणी र धनी दुवै पक्षलाई बोलाएर एक हजार तीन सय ३९  निवेदनउपर छलफल गराई सात सय ५९ निवेदनमा मिलापत्र गराउन सफल भएर सो रकम बराबरको मिलापत्र गराइएको हो ।

त्यसैगरी, ऋणीबाट साहुद्वारा लिइसकिएको २० बिघा १३ धुर जग्गा पनि तिनै छलफलमार्फत फिर्ता गराउनसमेत सफल भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । अहिले जिल्ला प्रहरी कार्यालयमा मिटरब्याजीसम्बन्धी निवेदनउपर दैनिक रुपमा निरन्तर छलफल, सुनुवाइ र कारबाही प्रक्रिया तीव्र गतिले अगाडि बढाइएको छ । निवेदनहरुमा मिलापत्र गर्ने÷गराउने सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । 

पछिल्लो एक महिना (फागुनभरि) मा मात्रै जिल्ला प्रहरी कार्यालय एक सय ८६ निवेदनउपर छलफल गराउँदा एक सय ५५ निवेदनमा मिलापत्र गराउन सफल भएको हो । ती निवेदनबाट चार करोड ९० लाख एघार हजार तीन सय ३४ रुपैयाँको मिलापत्र र सात बिघा १३ धुर जमिन फिर्ता गराइएको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime