Skip to content

कामना सेवाको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

nabil bank

काठमाडौं । कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १ सय ५० जनाको उपस्थिति रहेको थियो । 

उक्त बैंकका सञ्चालक भीमप्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जित सिंह राठोरको प्रमुख आतिथ्य रहेको थियो । लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरू तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए । 

आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाइन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । डिजिटल वित्तीय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीमलाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले यस्तो डिजिटल वित्तीय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यक्त गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime