Skip to content

दूरसञ्चार प्राधिकरणका २ पूर्व अध्यक्ष सहित २० जना विरुद्ध भष्ट्राचारको मुद्दा, १ अर्ब बिगो

nabil bank

काठमाडौं ।   मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को प्रणाली खरिदमा भष्ट्राचार गरेको आरोपमा अख्तियारले दूरसञ्चार प्राधिकरणका २ पूर्व अध्यक्ष सहित २१ जनालाई मुद्दा दायर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा प्राधिकरणका पूर्व अध्यक्षहरु दिगम्बर झा,पुरुषोत्तम प्रसाद खनाल सहित प्राधिकरणका कर्मचारी विरुद्ध भष्ट्राचारको मुद्दा दर्ता गरेको हो । 

अख्तियारले  पूर्व बरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक÷उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशकरउपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशकरउपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइराला सहित कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको छ । 

उनीहरु विरुद्ध उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi