Skip to content

सबै मन्त्रालयले महिला सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्छः मन्त्री चौधरी

nabil bank

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै मन्त्रालयले आधाभन्दा बढी जनसङ्ख्या भएका महिलाको सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ नेपाल, ग्लोबल कम्प्याक्ट नेपाल, युन वुमनलगायतले संयुक्तरूपमा आज आयोजना गरेको ‘लैङ्गिक समानताका लागि रिङ द बेल’ कार्यक्रममा उनले महिला आर्थिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि परेको हुँदा सबै मन्त्रालयले बजेट छुट्याउनुपर्ने बताए ।

‘महिला सशक्तीकरणका लागि मन्त्रालयले ४२ प्रतिशत बजेट छुट्याएको छ’, मन्त्री चौधरीले भनिन्, ‘५१ दशमलव चार प्रतिशत महिलाको जनसङ्ख्या छ, महिलालाई सबै मन्त्रालयले बजेट छुट्याउन जरुरी छ ।’

उनले सात सय ५३ वटै पालिकामा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने र नेपालको संविधान र कानुनले व्यवस्था गरेको हक अधिकारको कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गरे ।

 

मन्त्री चौधरीले ६९ प्रतिशत साक्षरता दर भएको र अझै साक्षरता दर बढाउनका लागि सबै निकायले ध्यान दिन अनुरोध गर्दै मुलुकको विकास र सामाजिक न्यायका लागि महिलामा लगानी जरुरी भएको बताए ।

कार्यक्रममा सहभागीले ‘महिलामाथि लगानी गरौँः प्रगतिलाई दु्रतगति प्रदान गरौँ’ भन्ने ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारालाई कार्यान्वयन गर्न सबै निकाय एकताबद्ध हुनुपर्ने धारणा राखेकी थिइन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime