काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका रायलाई आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले महालेखा परिक्षकमा सिफारिस गरेको हो ।
राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्