Skip to content

सेगवेको नयाँ वर्ष विशेष अफरः १५ हजारसम्म विशेष नगद छुट

nabil bank

 

काठमाडौं । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। 

कम्पनीले सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यू इयर, न्यू अफर २०८१’ सार्वजनिक गरेको हो। यो अफर यही चैत १९ गतेदेखि २०८१ सालको वैशाख १८ गतेसम्म लागू हुनेछ।

कम्पनीका अनुसार योजना अवधिभित्र सेगवेको विभिन्न मोडलको स्कुटर खरिदमा विशेष नगद छुट प्राप्त गर्न सकिनेछ। साथै, क्लब हिमालय नगरकोटमा एक रातको बसाइका लागि पनि उपहार जित्न सकिनेछ। 

इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरू लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन्। सहरीदेखि साहसिक यात्राका लागि ग्राहकहरू सेगवे इ–स्कुटरहरुमा आकर्षित बन्दै गएको छ। 

नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्। विशेष गरी, ई१२५ र ई११०एल मा २५ हजारसम्म, ई१०० मा २० हजारसम्म र एन१०० मा १५ हजारसम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरू उपत्यका भित्रका राइजिङ मल, झम्सिखेल, ललितपुर, दरबारमार्ग र सल्लाघारी–भक्तपुरलगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा सोरूममा गई यो योजनाको फाइदा लिन सक्नेछन्। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime