काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएन) कुमार पन्तको कार्यकालमा फर्किएको छ ।
सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको सयुक्त इजलाशले १० औं महाधिवेशनलाई अवैधानिक ठहर गरेको थियो । कुमार पन्त ९ औं महाविधेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
अदालतको फैसला अनुसार कार्यसमिति कुमार पन्तको फकिएको छ । कुमार पन्तको कार्यसमितिले महाधिवेशन गराउने जिम्मा शेष घलेलाई दिएको थियो । सो अनुसार अदालतले ६ महिनाभित्र एकता महाधिवेशन गराउने जिम्मा घलेलाई दिएको छ ।
कुल आचार्य,रविना थापा,बद्रि केसीले बोलाएको ११ महाधिवेशनपछि पनि संस्था दुई चिरामा परेको थियो । सर्वोच्चको १० औं महाधिवेशनलाई नै अवैधानिक भएपछि संस्था कुमार पन्तको कार्यकालमा फर्किएको छ । सर्वोच्चले एकताबद्ध गरेर महाधिवेशन गर्न फैसला सुनाएको छ ।
प्रतिक्रिया दिनुहोस्