Skip to content

गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यावसायिक साझेदारी सम्झौता

nabil bank

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच शनिबार व्यावसायिक साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको  छ । 

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

‘हरेक नेपाली सेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौताअनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरू आवश्यकता अनुसार प्रदान गर्ने सम्झौतापत्रमा उल्लेख छ ।  

यो व्यावसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यावसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरू प्राप्त गर्न सहयोग पुऱ्याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पुऱ्याउनेछ भन्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन  कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो। पूर्वबैंकर लगायत विज्ञ व्यक्तिहरु संलग्न कम्पनीले सम्पत्ती व्यवस्थापन लगायत व्यावसायिक परामर्शको कार्य गर्दै आएको गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi