Skip to content

एनआईसी एशिया बैंकले ऋण तिर्न नसक्नेलाई ब्याज तथा किस्तामा छुट दिने, जरिवाना नलाग्ने

nabil bank

काठमाडौं। एनआईसी एशिया बैंकले ऋणीले चैत मसान्तसम्मको ब्याज तथा किस्ता बुझाएमा चैतसम्म लाग्ने जरिवाना  तथा हर्जना छूट गर्ने भएको छ। 

बैंकले आइतबार ऋणीका लागि छूटसम्बन्धी योजना सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो।

मुलुकमा रहेको आर्थिक शिथिलताका कारण बैंकका कर्जा ग्राहकमा परेको असर न्यूनीकरण गर्न उक्त योजना ल्याइएको बैंकले बताएको छ। 

पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा उक्त योजना लाग हुने बैंकको भनाइ छ। ‘ऋणीले आफ्नो २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छूट र ब्याज रकममा समेत छुट प्रदान गरिनेछ,’ जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

ब्याजमा वर्गीकरणअनुसार कमसलमा १० प्रतिशत, संकास्पदमा १५ प्रतिशत र खराब बर्जामा २० प्रतिशत छूट गरिने बैंकले जानकारी दिएको छ। मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जालगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जामा आर्थिक शिथिलताका कारण मर्कामा परेका ग्राहकले योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime