Skip to content

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ

आज सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ६ सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा  १५ रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।आइतबार चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi