Skip to content
Prabhu

आरम्भ चौतारी लघुवित्तको साधारणसभा बनेपामा आज बस्दै

 

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहीबार बनेपा पार्टी भेन्युमा साधारण सभा बस्ने भएको छ ।

सो सभाले अध्यक्षले प्रस्तुत गर्ने सञ्चालक समितिको आव २०७९र०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरी आव २०७९र०८० को वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षको लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सभाको प्रस्ताव रहेको छ । भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने तथा समाहित हुने प्रयोजनका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal