Skip to content
Prabhu

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन एनसिसि इजरायलको अपिल

काठमाडौँ । गैर आवासीय नेपाली संघ, नेशनल कोअर्डिनेसन काउन्सिल, इजरायलले हाल इरानले इजरायलमाथि आक्रमण गरेको भन्दै  त्यहाँ रहेको नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । एनसिसि इजरायलले एक अपिल जारी गर्दै आज सरकारले दिएको आदेश मान्न र सतर्क रहन आग्रह गरेको हो ।
इरानले इजरायल माथि ड्रोल तथा मिसाइल आक्रमण सुरु गरेपछि एनसिसि इजरायलले सो अपिल गरेको हो । एनसिसि इजरायलले घटनाक्रम र परिस्थिति हेर्दा जटिल बन्दै गइरहेको भन्दै यस्तो अवस्थामा नकारातमक सन्देश जारी गरी सामाजिक सञ्जालमा केही कुरा नलेन् र अरुलाई त्रसित नबनाउन पनि आग्रह गरेको छ । कुनै अप्रिय घटना भए एनसिसि र नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
“पछिल्लो समय इरानले पनि इजरायलमाथि आक्रमण सुरु गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्, यस विषम् परिस्थितिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसि इजरायलसँग निरन्तर सोधपुधका लागि म्यासेज र कलहरु आइरहेका छन् । हामी सुरक्षा संवेदनशिलतालाई मध्यनर गर्दै इजरायल सरकारले जारी गर्ने सुरक्षा सतर्कता अपनाउन कत्तिपनि हिच्किचावट वा हेलचेक्राइ वा अल्छी नगर्न हार्दिक अनुरोध गर्दछु”, जारी अपिलमा भनिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal