Skip to content
Prabhu

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा ०.१५ प्रतिशत ब्याज पाइने

काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१’ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’ मार्फत मुद्दती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने अफर ल्याएको हो ।

साथै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा (लोन अगैन्स एफडी) लिँदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागी र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।

बैंकको हालसम्म ३ सय २ शाखा सञ्जाल, ३ सय १५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal