Skip to content
Prabhu

नयाँ वर्षको पहिलो दिन सुन २२ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा नयाँ वर्षको सुरुवातमा सुनको मूल्य प्रतितोला २ हजार२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको भाउ १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेको छ । सुनको मूल्य शुक्रबार १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको ५० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३४४ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal