Skip to content
Prabhu

सहकारी ठगीको छानबिन छल्न अधिवेशन अन्त्य गरियोः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको दबाब छल्न सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन्।

‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौं सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय हो,’ देउवाले कांग्रेस संसदीय दलको बैठकमा बिहान भने, ‘यस्तो गम्भीर विषयलाई संसदीय छानबिन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ। यसबाट के पुष्टि हुन्छभन्दा सरकार सहकारी पीडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ। तर, कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइ रहनुपर्छ।’

अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई सो बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरोधी ठहर गरेको थियो।

 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal