Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष २०८१ मा ‘अल इन वान’ खाता सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरुका लागि ‘महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता’ ‘(अल इन वान)’ सञ्चालनमा ल्याएको छ । बैंकले लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यले अल इन वान सञ्चालनमा ल्याएको हो ।

उक्त खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आश्वा तथा टिएम एस खाताको सुविधा एकै खातामार्फत लिन सक्ने बैंकले जनाएको छ । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएम एस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आश्वा दर्ता गर्न पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

टिएम एस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयंमले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal