Skip to content
Prabhu

एमजी मोटर्सको नव वर्ष अफर सार्वजनिक, ग्राहकहरूलाई ७ लाखसम्मको नगद छुट

 

काठमाडौं । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले नेपाली नयाँ वर्षलाई लक्षित गरेर ग्राहक महानुभावहरुको लागि ‘नयाँ वर्ष २०८१ को बहार एमजीसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत एमजिको ईभी मोडलमा ग्राहकहरुले निःशुल्क टायर, ७ किलोवाटको एसी चार्जर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाइदाहरु लिन सक्नेछन् ।

अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन् , “सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजिका सबै गाडीहरु (पेट्रोल तथा ईभी)मा अफरको उपलब्धताले ग्राहक महानुभावहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं । नव वर्षको सुरुवात एमजिसँग गरौँ भन्दै देश तथा विदेशमा वसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’

सय वर्षलामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्रण्ड एमजीले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउदै आएको छ । ३०० भन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली ईन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु युरोपेली कानून र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलाएतका प्रख्यात डिजाइनर तथा इन्जिनियरहरुले गर्छन् ।

अहिले नेपालमा एमजि४ ईभि, जेडएस ईभि, कोमेट ईभि गरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ ईन्धन÷हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएकोछ । कम्पनीको अनुसार एमजिका गाडीहरुमा अधिक्तम ७ लाखको नगद छुटसंगै ७ किलोवाटको चार्जर, अतिरिक्त टायर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता थुप्रै फाइदाहरु यस योजनामा समावेश छ र यो योजनामा सर्तहरु पनि लागू हुँनेछ।

यो अफर देशैभरिका एमजि २१ सोरुमहरुमा उपलब्ध हुँनेछ भने ग्राहकहरुले आफ्नो नजिकैको सोरुममा गएर अफरको बारेमा थप जानकारी लिन सक्नेछन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal